.

सल्यानका किसानले ४ महिनामा बेचे २४ करोड रुपैयाँभन्दा बढीको तरकारी

विराटनगर , ८ कात्तिक ।सल्यानका किसानले चार महिनामा २४ करोड रुपैयाँभन्दा बढीको ताजा तरकारी तथा फलफूल बेचेका छन् ।


असार १ गतेदेखि असोज मसान्तसम्म २४ करोड २९ लाख २६ हजार ४ सय ७ रुपैयाँको ताजा तरकारी तथा फलफूल जिल्लाबाहिर निकासी भएको कृषि उपज बजार सञ्चालक समिति कपुरकोट सल्यानले जनाएको छ।


४ महिनामा ४० लाख ६९ हजार ४ सय ४३ किलो ताजा तरकारी, ८५ हजार ६३९ किलो अदुवा र ७४ हजार ९६ किलो फलफूल निकासी भएको कृषि उपज बजार सञ्चालक समितिका अध्यक्ष तिलक शर्माले जानकारी दिनुभयो ।


सल्यानमा उत्पादन भएको बेमौसमी तरकारी  दाङ, बुटवल, पोखरा, नेपालगञ्ज, धनगढी र काठमाण्डौसम्म जाने गरेको छ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया