.

सुनको भाउ आज पाँच सय रुपैयाँले घट्यो

 विराटनगर , कात्तिक १३ ।सुनको भाउ आज तोलामा पाँच सय रुपैयाँले घटेको छ।


हिजो  सुनको भाउ अहिलेसम्मकै महँगो तोलाको १ लाख १७ हजार रुपैयाँमा पुगेको थियो ।


आज भने तोलामा पाँच सय रुपैयाँले घटेर १ लाख १६ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ।


चाँदीको भाउ पनि आज घटेको छ । तोलामा ५ रुपैयाँले घटेर चाँदी आज एक हजार चार सय १० रुपैयाँमा किनबेच भइरहेको छ। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया