विराटनगर,तिहारको समयमा चिनीको अभाव हुन नदिन एभरेष्ट सुगर मिल्समा मौज्दात रहेको तीन हजार मेट्रिक टन चिनी बजारमा पठाइएको छ ।विभिन्न पेय पदार्थ उत्पादक कम्पनीका नाममा बिक्री भएर उद्योगमै मौज्दात
रहेको उक्त परिमाणको चिनी, वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको
सक्रियतामा खुद्रा व्यापारीमार्फत बजारमा पठाइएको हो ।गुह्वेश्वरी ट्रेड लिङ्कमार्फत पसलहरुमा चिनी बिक्रीका लागि पठाइएको
नेपाल खुद्रा व्यापार संघका कार्यवाहक अध्यक्ष नरेश खड्गीले जानकारी
गराउनुभयो ।यसैबीच, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको
सरोकारवालाको बैठकले बजारमा चिनीको अभाव हुन नदिन सबै रणनीति अख्तियार
गर्ने निर्णय गरेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?