.

मधु मरासिनीलाई अर्थ मन्त्रालयको अर्थ सचिवको जिम्मेवारी

विराटनगर ,१० बैशाख । सरकारले अर्थ मन्त्रालयको सचिवमा मधुकुमार मरासिनीलाई सरुवा गरेको छ । आज सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले अर्थ सचिवको जिम्मेवारी मधु मरासिनीलाई दिने निर्णय गरेको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ुपेमेन्ट गेटवेु खरिद अनियमितता प्रकरणमा मरासिनीलाई पनि विपक्षी बनाएर मुद्दा दायर गरेसँगै मरासिनी निलम्बनमा पर्नुभएको थियो । विशेष अदालतले यो मुद्दामा मरासिनीलाई सफाइ दिएपछि अर्थ सचिवको जिम्मेवारी दिइएको हो ।

योसँगै अहिले अर्थ सचिव रहेका कृष्णहरि पुष्करलाई प्रधानमन्त्री कार्यालयमा सरुवा गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया