.

सडकमा उत्रिए सुनचाँदी व्यवसायी, तस्बिरहरू

विराटनगर , २० जेष्ठ ।सुनचाँदी व्यवसायीले नेपाल राष्ट्र बैंकले सुन आयातमा लगाएको कोटा र भन्सार वृद्धिको विरोधमा प्रदर्शन गरेका छन् ।  संयुक्त सुनचाँदी व्यवसायी तथा कालिगड सङ्घर्ष समितिले आज माइतीघर मण्डलामा प्रदर्शन गरेका हुन् ।अघिल्लो वर्ष राष्ट्र बैंकले दैनिक १० किलोग्राम (केजी) सम्म सुन आयात हुँदै आएकोमा बढाएर दैनिक २० किलोग्रामसम्म आयात गर्न पाउने गरी केन्द्रीय बैंकले नयाँ व्यवस्था गरेको थियो  । तर यसमा पनि भन्सार महँगो परेको भन्दै व्यापारीले विरोध गरेका हुन् ।
सुनमा लगाएको सिन्डिकेट खारेज गर्नुपर्ने, अव्यवहारिक सुनको भन्सार वृद्धि तुरुन्त खारेज गर्नुपर्ने, सुनचाँदी व्यवसाय तथा कालिगड मैत्री नीति–निर्देशिका, ऐन तुरुन्त लागु गर्नुपर्ने उनीहरूको माग छ  ।
इसैबिच सुनको भाउ आज तोलामा दुई सय रुपैयाँले घटेको छ । सुनको भाउ आज दुई सय रुपैयाँले घटेर तोलाको एक लाख ४२ हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
यस्तै आज चाँदीको भाउ पनि घटेको छ । चाँदी आज २५ रुपैयाँले घटेर तोलाको एक हजार आठ सय ५० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया