विराटनगर , २३ जेठ।सुनको भाउ आज तोलामा पाँच सय रुपैयाँले घटेको छ।
हिजो अहिलेसम्मकै उच्च रहेको सुनको भाउ आज पाँच सय रुपैयाँले घटेर तोलाको एक लाख ४२ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
हिजो सुनको भाउ तोलामा एक लाख ४२ हजार सात सय रुपैयाँ पुगेको थियो ।त्यस्तै आज चाँदीको भाउ पनि घटेको छ ।
चाँदी आज ३५ रुपैयाँले घटेर एक हजार आठ सय २५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।