विराटनगर ,९ असार ।सुनको भाउ आज एकैदिन तोलामा दुई हजार सात सय रुपैयाँले घटेको छ ।
अघिल्लो कारोबार दिन अर्थात गएको शुक्रवार तोलाको एक लाख ४४ हजार सात सय रुपैयाँमा कारोबार भएको सुन आज दुई हजार सात सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
सुन आज तोलामा एक लाख ४२ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।यस्तै आज चाँदीको भाउ पनि घटेको छ । चाँदी ५० रुपैयाँले घटेर तोलाको एक हजार आठ सय १५ रुपैयाँमा कारोबार भइरहेको छ ।