.

१८ कम्पनीको सेयर मूल्य हालसम्मकै उच्च, अधिकांश हाइड्रोपावर

बिराटनगर,३ साउन । सेयर बजार बढ्दै जाँदा डेढ दर्जन कम्पनीको मूल्य भने हालसम्मकै उच्च भएको छ । बुधबार उच्च मूल्य कायम भएका अधिकांश कम्पनी यसअघिको बुल चरण सकिएपछि प्राथमिक सेयर ९आईपीओ० निष्कासन गरेकाहरू छन् । यतिबेला कुनै पनि सेक्टरका सूचकले उच्च अंकको रेकर्ड बनाएका छैनन् । तर १८ कम्पनीको भाउ अहिलेसम्मकै उच्च भएको छ । यसअघि बोनस सेयर वा हकप्रद सेयर दिएको अवस्थामा समायोजनसहित १८ कम्पनीको मूल्य हालसम्मकै उच्च भएको हो । हालसम्मकै उच्च मूल्य भएका कम्पनीमा अधिकांश हाइड्रोपावर छन् । बुधबार इन्ट्राडे वा कारोबार बन्द हुँदा १८ कम्पनीको मूल्य हालसम्मकै उच्च भएको हो । तीमध्ये एक होटल, एक विकास बैंक, एक फाइनान्स कम्पनी छन् भने बाँकी १५ हाइड्रोपावर कम्पनी छन् । सिटी होटल, ग्रीन डेभलपमेन्ट बैंक तथा मल्टिपर्पस फाइनान्सको मूल्य हालसम्मकै उच्च भएको छ । मूल्य अहिलेसम्मकै उच्च हुने हाइड्रोपावर कम्पनीहरुमा मन्दाकिनी हाइड्रोपावर, माइखोला हाइड्रोपावर, सानिमा मिडिल तमोर, सुपर माइ हाइड्रोपावर, सीईडीबी हाइड्रोपावर, ग्रीन भेन्चर, अपर सोलु हाइड्रोपावर, भूगोल इनर्जी, माथिल्लो मैलुङखोला, मेन्छियाम हाइड्रोपावर, अपरहेवाखोला, इङवा हाइड्रोपावर, रावा इनर्जी, सिक्लेस हाइड्रोपावर र सयपत्री हाइड्रोपावर कम्पनी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया