.

सुनको मूल्य दुई हजार घट्यो

विराटनगर ।  स्थानीय बजारमा सुनचाँदीको मूल्य घटेर कारोबार भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला दुई हजार रुपैयाँ घटेर कारोबार भएको छ । छापावाल सुन प्रतितोला एक लाख ४७ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार छापावाल सुन प्रतितोला एक लाख ४९ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।
तेजाबी सुन प्रतितोला एक लाख ४६ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । चाँदी प्रतितोला ३० रुपैयाँ घटेर एक हजार ८३० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार चाँदी प्रतितोला एक हजार ८६० रुपैयाँमा कारोबार भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया