.

सुनको भाउ तीन सय रुपैयाँले घट्यो

विराटनगर ।  आज पनि सुनचाँदीको भाउ घटेको छ। सुनको भाउ आज तोलामा तीन सय रुपैयाँले घटेको हो ।

हिजो एकैदिन दुई हजार चार सय रुपैयाँले घटेको सुन आज तीन सय रुपैयाँले घटेर तोलाको एक लाख ४४ हजार सात सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुन तोलाको एक लाख ४५ हजार रुपैयाँ रहेको थियो ।

यस्तै चाँदीको भाउ आज २० रुपैयाँले घटेको छ । हिजो तोलाको एक हजार सात सय पाँच रुपैयाँमा कारोबार भएको चाँदी आज एक हजार सात सय ३० रुपैयाँमा झरेको महासङ्घले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया