.

सुनचाँदीको भाउमा फेरि कीर्तिमान ः सुन तोलाको २ लाख ८२ हजार पुग्यो

सुनचाँदीको भाउले फेरि कीर्तिमान बनाएको छ । आज सुनको भाउ तोलाको २ लाख ८२ हजार रुपैयाँ र चाँदीको भाउ तोलाको ५ हजार ८ सय १० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

हिजो सुनको भाउ तोलाको २ लाख ७७ हजार ८ सय रुपैयाँ र चाँदीको भाउ तोलाको ५ हजार ६ सय २५ रुपैयाँ थियो । यसअघि पुस ३० गते बुधवार सुनको भाउ तोलाको २ लाख ७८ हजार र चाँदीको भाउ तोलाको ५ हजार ६ सय ५५ रुपैयाँ पुगेर कीर्तिमान बनाएको थियो ।

त्यसयता सामान्य घटबढ हुँदै आएको सुनचाँदीको भाउले आज फेरि नयाँ कीर्तिमान बनाएको हो ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया