.

एसइई चैत पहिलो हप्तादेखि, नतिजा असार दोस्रो हप्ता आउने

विराटनगर  ,१५ असोज ।यस वर्षको माध्यमिक शिक्षा परीक्षा एसइई आगामी चैत पहिलो हप्तादेखि सुरु हुने भएको छ। राष्ट्रिय परीक्षा बोर्डले वार्षिक तालिका सार्वजनिक गरी चैत महिनाको पहिलो हप्तादेखि परीक्षा सञ्चालन हुने जानकारी दिएको हो।


परीक्षा तालिकाअनुसार माघ पहिलो हप्ता परीक्षाको समय तालिका र परीक्षा केन्द्र प्रकाशन हुनेछ। आन्तरिक प्राप्तांक इन्ट्री र रुजु चैत मसान्तसम्ममा हुनेछ।


वार्षिक परीक्षाको नतिजा प्रकाशन भने असारको दोस्रो हप्ताभित्र गरिने बोर्डले जनाएको छ। यस्तै, पुनर्योगको लागि निवेदन भने नतिजा प्रकाशन भएको मितिले १५ दिनभित्र दिनुपर्ने कार्य तालिकामा उल्लेख छ। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया