विराटनगर,२ असोज । नेकपा एमालेको कोशी प्रदेश कमिटी अध्यक्षमा हाल ४ जना नेताहरुको चर्चा रहेको छ। असोज १२ र १३ गते विराटनगरमा सम्पन्न हुने कोशी प्रदेशको पहिलो प्रदेश अधिवेशनमा ४ जना नेताहरुको नाममा चर्चामा चलेको हो ।
प्रदेश अध्यक्षको लागि हालका प्रदेश कमिटीका अध्यक्ष तुलसी न्यौपाने , प्रदेश कमिटीका उपाध्यक्ष टिकाराम चेम्जोङ ,केन्द्रिय सदस्यद्वय विनोद ढकाल र घनश्याम खतिवडाको नाम हाल चर्चामा रहेको छ । नेकपा एमालेका एक नेताका अनुसार चर्चामा रहेको चार नेताबाहेकको पनि अध्यक्षमा दावी हुन् सक्ने सम्भावना रहेको छ।
हाल चर्चामा रहेको मध्य न्यौपाने प्रदेशका पूर्व मन्त्री रहिसक्नु भएको छ । एमाले पार्टी बिभाजन अगाडी माधव नेपालमा रहनु भएको न्यौपानेले पार्टी बिभाजन हुँदा भने केपी ओलीको साथ दिनु भएको थियो। न्यौपाने भिम आचार्य मुख्यमन्त्री रहँदा प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्री रहनु भएको थियो भने धनकुटाका चेम्जोङ संविधानसभा सदस्य रहीसक्नु भएको छ।
यस अघिको प्रतिनिधि सभामा मोरङ १ को सांसद रहनु भएका मोरङको खतिवडाले समेत प्रदेश अध्यक्षको दावी गर्नु भएको छ भने एमालेको मोरङ जिल्लाका पूर्व अध्यक्ष विनोद ढकाल भने गत प्रतिनिधि सभाको निर्वाचनमा मोरङ ४ बाट पराजित हुनु भएको थियो।
एमालेमा प्रदेश अध्यक्षले कार्यकारी अधिकारको अभ्यास गर्न पाउने र पोलुटब्युरो समितिको पदेन सदस्य समेत रहने भएकोले प्रदेश अध्यक्षको निर्वाचनमा प्रदेशका अरु केन्द्रिय सदस्यहरु समेतले अन्तिम समेतमा दावी गर्न सक्ने पार्टीका एक नेताले बताउनु भएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?