.

एमाले कर्णाली प्रदेश अधिवेशन आजदेखि

विराटनगर , १० असोज । नेकपा एमाले को कर्णाली प्रदेश अधिवेशन बुधबादेखि सुरु हुँदै छ ।


अधिवेशनले ५ जना पदाधिकारीसहित १ सय ३५ सदस्यीय कमिटी निर्वाचित गर्ने छ । अधिवेशनमा ६ सय ४ प्रतिनिधिले भाग लिनेछन् ।


जसमा सुर्खेतबाट १ सय १२, जाजरकोटबाट ७५, दैलेखबाट ७४, कालिकोटबाट ६५, हुम्लाबाट ४८, जुम्लाबाट ४८, डोल्पाबाट ३९, मुगुबाट ३३, रुकुमपश्चिमबाट २३ गरी ५ सय ५४ प्रतिनिधि छानिएका छन् ।


यस्तै, २२ वटा मोर्चा संगठनका ५० जनाको प्रतिनिधित्व रहनेछ । पार्टीका सचिव तथा कर्णाली प्रदेश इन्चार्ज लेखराज भट्टले कमिटी सर्वसम्मत नभए निर्वाचन हुने र त्यसमा प्यानल बनाउन नपाइने बताउनुभएको छ ।


सुर्खेतको सिटी हलमा हुने अधिवेशनको उद्घाटन अध्यक्ष केपी शर्मा ओलीले गर्नुहुनेछ ।

एमालेकर्णाली प्रदेश अधिबेशन


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया