.

एमाले कोशी प्रदेश अधिवेशन स् आज १ बजेदेखि मतगणना

विराटनगर , १५ असोज । नेकपा एमाले कोशी प्रदेश अधिवेशनमा नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको मतगणना सोमबार दिउँसो गरिने भएको छ ।


आइतबार राति साढे १० बजेदेखि सुरु भएर सोमबार बिहान साढे ५ बजे मतदान सकिएको मतदानको मत गणना सोमबार दिउँसो १ बजेदेखि गर्ने निर्वाचन समितिले जनाएको छ ।


निर्वाचनमा कूल ९ सय ९७ मतदातामध्ये ९ सय ७७ मत खसेको जनाइएको छ । अध्यक्षमा दुई नेता विनोद ढकाल र घनश्याम खतिवडाबीच प्रतिस्पर्धा भएको हो ।


अधिवेशनबाट ५ पदाधिकारीसहित २ सय १५ सदस्यीय समिति निर्माण हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया