.

एमाले कर्णाली अधिवेशनः मतगणनास्थलमा तोडफोड

विराटनगर , १५ असोज।नेकपा एमाले कर्णाली प्रदेशको मतगणना भइरहेको सुर्खेतस्थित सिटी हलमा विद्यार्थीले तोडफोड गरेका छन् । तोडफोडपछि हलमा छेक्न राखिएको सिसा फुटेको छ।


कर्णाली अधिवेशनको निर्वाचन समितिमा रहेका सत्य शाहीलाई कारबाही गरेको झोंकमा सिटी हल तोडफोड गरिएको छ । यस्तै मतगणनासमेत ढिला गरेको आरोप लगाइएको छ । तोडफोडपछि रोकिएको मत गणनाको काम फेरि सुरु भएको छ।


सुरुवातीमै आज बिहान ८ बजेदेखि हुने भनिएको मतगणना केही घण्टा ढिलोगरी सुरु भएको थियो। एमाले कर्णाली प्रदेशको पहिलो अधिवेशनबाट सर्वसम्मत नेतृत्व चयन गर्न असफल भएपछि हिजो मतदान भएको थियो।


कुल ६१६ मतदातामध्ये ६०९ मतदाताले मतदान गरेका छन् । कालीकोटका मीनबहादुर शाही, प्रकाश रोकाया र सल्यानका गुलावजंग शाह अध्यक्षको उम्मेदवार हुनुहुन्छ। उपाध्यक्षमा लालबहादुर महतारा, दानसिंह परियार र टेकराज पछाइ तथा सचिवमा रुद्रबहादुर शाही र ध्रुबकुमार शाहीबीच प्रतिस्पर्धा भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया