.

नेपालगञ्जमा अनिश्चितकालीन कर्फ्यु जारी

असोज १६ । बाँकेको नेपालगञ्जमा अनिश्चितकालीन कर्फ्यु जारी भएको छ ।


हिन्दु र मुस्लिम समुदायबीच तनाव सृजना हुने अवस्था देखिएकोले आज दिउँसो १ बजेदेखि लागू हुने गरी कर्फ्युको आदेश जारी गरिएको प्रमुख जिल्ला अधिकारी विपिन आचार्यले जनाकारी दिनुभयो ।


बिहान नेपालगञ्जमा सद्भाव र्‍याली पनि निकालिएको थियो । हिन्दुहरुको समूहले नेपालगञ्जमा प्रदर्शन गरेको छ । र्‍यालीमा ढुङ्गा र इँटा प्रहार हुन थालेपछि कर्फ्यु लगाउनुपरेको हो ।


नेपालगञ्जको सुरक्षा व्यवस्था कडा पारेको प्रजिअ आचार्यले जानकारी दिनुभयो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया