.

मोरङबाट धना तामाङ र डीबि कार्की अत्यधिक मतसहित विजयी, अरु को को भए प्रदेश सदस्य ?

विराटनगर , १७ असोज । नेकपा एमाले कोशी प्रदेशको नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको अन्तिम मत परिणाम सार्वजनिक भएको छ ।


पदाधिकारी र केही सदस्यको मतगणना सम्पन्न भएको २४ घण्टापछि बाँकी सदस्यहरुको मतगणना सम्पन्न भएको हो ।


एमालेको कोशी प्रदेश कमिटीमा मोरङबाट ३३ जना निर्वाचित भएका छन् । जसअनुसार खुल्लातर्फ रतुवामाईका दानबहादुर कार्की (डीबि )ले सबैभन्दा बढी मत ल्याएर निर्वाचित भएका छन् । कार्कीले ४९८ मत प्राप्त गरेका छन् ।


यस्तै महिलातर्फ धना तामाङले सबैभन्दा बढी मत ल्याएकी छिन् । उनी ५०८ मत ल्याएर निर्वाचित बनेकी हुन् ।


९९७ जना प्रतिनिधि रहेको कोशी अधिवेशनमा ९७७ जनाले मतदान गरेका थिए । मतदानमा २० जना अनुपस्थित रहेका थिए ।


यस्तै रमेश पोखरेल ४८७,  दीलप्रसाद राई ४८३, दिलीप वगडिया ४६५, प्रकाश राई ४५३, राजकुमार ओझा ४५१, ताराबहादुर काफ्ले ४१०, नरेन्द्र वस्नेत ३८३, भुपेन्द्र लावती ३७३ र वालेश्वर कामत ३६७ मत ल्याएर प्रदेश सदस्यमा निर्वाचित भएका छन् ।


नरेन्द्र बराल  ३५७, दिलिप राई ९किशोर० ३५६, भुपाल जिमि ३५६, देवराज भन्डारी ३५२, उमेश उप्रेती  ३४९, ज्ञानेन्द्र सुवेदी ३४८, तिर्थराज घिमिरे ३४४ र मनोज अग्रवाल ३३२ मतका साथ विजयी भएका छन् ।


महिलातर्फ तिलारुपा भण्डारी ४०७, सन्तोषी श्रेष्ठ ३९६, किरणदेवि चौधरी ३९०, अन्जु सिग्देल ३६४, सरस्वती खरेल ३५२, विमला दाहाल घिमिरे ३४२ र टीका भट्टराई ३३१ मत ल्याएर प्रदेश सदस्यमा निर्वाचित भएका छन् ।


यस्तै मोरङको युवा महिलाबाट ज्योति चौहान र फुलथुङ्गा खतिवडा सर्वसम्मत निर्वाचित भएका हुन् । दुई जना युवा महिलामा दुई जनाको मात्र उम्मेदवारी परेपछि उनीहरु सर्वसम्मत भएका हुन् ।


युवा पुरुषतर्फ प्रदिप नेपाल र योगेश बस्नेत निर्वाचित भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया