.

एमाले कोशी प्रदेश कमिटीका नवनिर्वाचित पदाधिकारीले लिए पद तथा गोपनीयताको शपथ

विराटनगर ,१७ असोज । नेकपा एमाले कोशी प्रदेश कमिटीमा निर्वाचित अध्यक्ष, पदाधिकारी तथा सदस्यहरुले पद तथा गोपनीयताको शपथ लिएका छन् ।


विराटनगरस्थित होटल कन्चनजंगामा आज पाँच पदाधिकारी र सदस्यहरुले शपथ ग्रहण गरेका हुन् ।


निर्वाचित अध्यक्ष, पदाधिकारी तथा सदस्यहरुलाई पद तथा गोपनीयताको शपथ नेकपा एमालेका सचिब तथा कोशी प्रदेशका इन्चार्ज रघुबिर माहासेढले गराएका थिए । एमाले कोशी प्रदेशको नयाँ नेतृत्वका लागि अध्यक्षमा मोरङ लेटाङका घनश्याम खतिवडा र बिनोद ढकाल बीच प्रतिस्पर्धा भएको थियो ।


ढकाललाई ८२ मतले पराजित गर्दै खतिवडा अध्यक्षमा निर्वाचित भएका हुन् । खतिवडाले ५१२ मत ल्याइ विजयी हुँदा उनका प्रतिस्पर्धि ढकालले ४३० मत ल्याए । उपाध्यक्षमा भने धनकुटाका टीकराम चेम्जोङ सर्वसहमत निर्वाचित भएका छन् ।


यस्तै सचिवमा पाँचथरका राजकुमार भण्डारीले ५२४ मत ल्याएर निर्वाचित बन्दा उनका प्रतिपर्धि शैलेश लामाले ३८१ मत ल्याए ।

उपसचिवमा झापाकी जलवर्षा राजवंशीले ६२८ र खोटाङका देवान राईले ६६१० मत ल्याएर विजयी भएका छन् ।


प्रदेश कमिटीका पदाधिकारीसहित २१५ सदस्यीय कमिटीको निर्वाचनका लागि कुल ९९७ प्रतिनिधिहरु मध्ये ९७७ जनाले मतदान गरे । २० जना प्रतिनिधिहरु भने मतदानमा अनुपस्थित भएका थिए ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया