.

बाँकेको नेपालगञ्जमा फेरि कफ्र्यु

विराटनगर , १९ असोज  । जिल्ला प्रशासन कार्यालय बाँकेले नेपालगञ्ज उपमहानगरपालिकामा फेरि कफ्र्यु आदेश जारी गरेको छ । 

गत मंगलबारबाट लगाइएको कफ्र्यु बिहजो बिहिबार आंशिक रुपमा खुकुलो बनाइएको थियो । तर सामाजिक सञ्जालमा मुस्लिम समुदायमाथि लक्षित गरेर लेखिएको स्टाटसप्रति पुन बिवाद भएपछि स्थानीय प्रशाशनले कफ्र्यु आदेश जारी गरेको हो ।

 गत आइतबारयता नेपालगञ्जमा धार्मिक तनाव देखिएको थियो। हिन्दु र मुस्लिम समुदायबीच देखिएको तनाव कम गर्न प्रशासनले सर्वपक्षीय बैठक पनि गरेको थियो ।

शुक्रबार बिहान ६ बजेबाट बेलुका ८ बजेसम्म आदेश जारी गरेको छ । कुनै ब्यक्तिले सामाजिक सञ्जालमा मुस्लिम समुदायप्रति लक्षित गरेर स्टाटस लेखेको विषयलाई लिएर नेपालगञ्जमा तनाव उत्पन्न भएको हो ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया