.

कोशीमा गठबन्धनको सरकार बनाउन संविधान मिचेका पूर्वसभामुखको पछुतो , प्रदेश विघटनको बाटोतर्फ उन्मुख भइरहेको बेला पूर्वसभामुख गौतमलाई चिन्ता


     कोशी प्रदेशका पूर्वसभामुख बाबुराम गौतमले प्रदेश अस्थिरताको बाटोमा अघि बढेको भन्दै चिन्ता व्यक्त गरेका छन् ।


प्रदेश विघटनको बाटोतर्फ उन्मुख भइरहेको बेला गौतमले चिन्ता व्यक्त गरेका हुन् । गौतम तिनै व्यक्ति हुन् जसले नेपाली कांग्रेसका उद्धव थापालाई मुख्यमन्त्री बनाउन सभामुखको भूमिकामा रहँदा हस्ताक्षर गरेका थिए ।


गौतमको उक्त कदमविरुद्ध अझै पनि विभिन्न टिकाटिप्पणी भइरहेका छन् । संविधानविरोधी काम गरेर गलत राजनीतिक संस्कारको सुरुवात गरेको भन्दै उनको आलोचना हुने गर्छ ।


कोशी प्रदेश सरकार गठनको अन्तिम विकल्पमा पुगेपछि गौतमले सामाजिक सञ्जालमा लेख्दै आफूलाई पश्चाताप भएको संकेत गरेका छन् उनले लेखेका छन्, ‘खै के गरियो रु अस्थिरता, अराजकता र अनिश्चित भविष्यको बाटामा मेरो प्रदेश ।’


शनिकार मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पदबाट राजीनामा दिएर अर्को सरकार गठनको बाटो खालिएसँगै कोशी प्रदेश अब अन्तिम विकल्पमा पुगेको छ । संविधानको धारा १६८ को उपधारा ९३० अनुसार मुख्यमन्त्री नियुक्त भएका एमाले नेता कार्कीले राजीनामा दिएपछि १६८ को उपधारा ९५० अनुसारको सरकार गठनका लागि प्रदेश प्रमुखले आह्वान गरेका छन् । सरकार गठन गर्ने यो अन्तिम विकल्प हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया