.

परराष्ट्रमन्त्रीले इजरायल आक्रमणबारे संसदलाई जानकारी गराउने

विराटनगर , २१ असोज ।परराष्ट्रमन्त्री एनपी साउदले प्यालेस्टायनी समूह हमासले गरेको इजरायलमा गरेको आक्रमणलाई लिएर संसदमा सम्बोधन गर्ने भएका छन् ।


संसदको बैठक दिउँसो १ बजे बोलाइएको छ । बैठकमा विशेष समय लिएर परराष्ट्रमन्त्री साउदले सम्बोधन गर्ने तय भएको स्रोतले जनाएको छ ।


परराष्ट्र मन्त्रालयका अनुसार अहिलेसम्म आक्रमणमा ९ जना नेपाली घाइते भएको खबर छ । उनीहरुमध्ये २ जनाको अवस्था गम्भीर छ ।


इजरायली अधिकारीहरुका अनुसार अहिलेसम्म आक्रमणमा परी मृत्यु हुनेको संख्या २५० पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया