इजरायलमा ज्यान गुमाएका सुदूरपश्चिमका विद्यार्थीका परिवारलाई प्रदेश सरकारले राहत दिने
२२ असोज २०८०, सोमवार
0
प्रतिक्रिया
विराटनगर , २२ असोज ।सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले इजरायलमा निधन भएका सुदूरपश्चिमका विद्यार्थीका परिवारलाई जनही २(२ लाख दिने घोषणा गरेका छन् ।
आज एक विज्ञप्ति जारी गर्दै मुख्यमन्त्री शाहले यस्तो घोषणा गरेका हुन् । अहिलेसम्म हमासको आक्रमणमा ७ जना सुदूरपश्चिमका विद्यार्थीको ज्यान गइसकेको छ । केही अझै सम्पर्कविहीन छन् । घटनाप्रति दुस्ख व्यक्त गर्दै मुख्यमन्त्री शाहले खोजी र उद्धार र शव फिर्ता ल्याउन सम्बन्धित सबैमा अनुरोध गरेका छन् ।