विराटनगर , २२ असोज । मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई अज्ञात समूहले सोमवार कालोमोसो दलेका छन् ।
काठमाडौँको जमलस्थित एक होटलमा सोमबार दिउँसो प्रसाईँलाई अज्ञात समूहले कालो मोसो दलेका हुन । प्रसाईँले त्यही होटलमा पत्रकार सम्मेलन गरेका थिए । पत्रकार सम्मेलन सकेर बाहिर निस्कँदै गर्दा प्रसाईँमाथि कालोमोसो दलिएको हो।
युट्युबमा अन्टसन्ट बोलेर भाइरल भएका मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई एक समूहले कालोमोसो दलेको छ। चर्चाको लागि विवादास्पद अभिव्यक्ति दिँदै आएका उनलाई काठमाडौंमै अपरिचित व्यक्तिले कालोमोसो दलेका हुन्।
प्रसाईँले आज दिउँसो १ बजे काठमाडौंको एक होटेलमा पत्रकार सम्मेलन भन्दै युट्युबर बोलाएका थिए। कार्यक्रम सकेर हलबाट बाहिरिएलगत्तै उनलाई अपरिचित व्यक्तिले कालोमोसो दलेका हुन्।
विभिन्न व्यवसायीलाई लक्षित गरेर विवादास्पद अभिव्यक्ति दिँदै आएका उनले पछिल्लो समय बैंक तथा लघुवित्तको ऋण नतिर्न उक्साइरहेका थिए। उनले बैंक तथा लघु वित्तको किस्ता माग्न आउनेलाई कालो मोसो दलेर पठाउन आग्रह गर्दै आएका थिए।
जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी भूपेन्द्र खत्रीले प्रसाईँलाई उद्धार गरेर प्रहरी वृत्त दरबारमार्ग लगिएको जानकारी दिए । प्रहरीले भने कालोमोसो दल्ने प्रयास मात्रै भएको बताएको छ । कालोमोसो दल्ने प्रयास भएको खबरपछि उद्धार गरेर प्रहरी वृत्त ल्याएको प्रहरीले जनाएको छ ।
प्रसाईँलाई कसले कालोमोसो दल्नेको पहिचान नभएको प्रहरीले जनाएको छ ।