.

राष्ट्रिय शोकका कारण राष्ट्रियसभाको बैठक स्थगित

विराटनगर , २३ असोज । राष्ट्रियसभाको आजका लागि तोकिएको बैठक राष्ट्रिय शोक परेका कारण स्थगन भएको छ ।    

    

आज बिहान ११स्१ बजेका लागि तोकिएको बैठक यही असोज २६ गते शुक्रबार बिहान ११स्३१ बजे बस्ने गरी अध्यक्ष गणेशपसाद तिमिल्सिनाले निर्धारण गरेको सङ्घीय संसद्का महासचिव डा भरतराज गौतमद्वारा जारी विज्ञप्तिमा जनाइको छ ।    

    

इजरायलमा मारिएका नेपालीहरुप्रति श्रद्धाञ्जलि व्यक्त गर्न नेपाल सरकारले आजका लागि राष्ट्रिय शोक घोषणा गरेको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया