असोज २४ ।कानुन, न्याय तथा मानव अधिकार समितिले सम्पत्ति शुद्धीकरण मनी लाउण्डरिङ्ग निवारण तथा व्यवसायिक वातावरण प्रवर्द्धन सम्बन्धी केही ऐनलाई संशोधन गर्न बनेको विधेयक पारित गरेको छ ।
मंगलवार समितिलाई उपसिमितिले बुझाएको प्रतिवेदनमाथि छलफल गरी बुधवार समितिले पारित गरेको हो । उपसमितिले बुझाएको प्रतिवेदनमा उल्लेख भएको सहकारीको विषयमा विधेयकको सहकारी ऐन, २०७४ को दफा ५२ ९दफा १८ को उपदफा २ झिक्ने० मा व्यक्तिगत वचतको अधिकतम सीमा २५ लाख हुने गरी प्रस्ताव भएको विषय हटाउने गरी सहमति भएको समिति सभापति विमला सुवेदीले बताइन् ।
उनकाअनुसार समितिले क्यासिनो सञ्चालनको सम्बन्धमा विदेशी सीमाबाट ५ किलोमिटरको सीमा बाहिर आएर सञ्चालन गर्नुपर्ने कुरा थप गरी पारित गरिएको छ । तत्कालीन प्रचलित कानूनअनुसार ३ किलोमिटरको सीमा बाहिर सञ्चालन गर्ने गरिएका क्यासिनोहरु कायम राख्ने तर तत्कालीन अवस्थामा ३ किलोमिटरको सीमाको नियमअनुसार सञ्चालन नभएकाहरुको हकमा आगामी तीन वर्ष भित्रमा ५ किलोमिटरको सीमा बाहिर आएर सञ्चालन गर्नुपर्ने प्रावधान प्रस्ताव गरिएको बताइन् ।
समितिको बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले विधेयक समितिमा अड्काएर राख्न नहुने बताए ।
महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सुरेन्द्रराज आचार्यले बालिकाहरुको संरक्षण र संवद्र्धनमा राज्यले थप लगानी बढाउने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।
बुधबार काठमाडौंमा आयोजित अन्तर्राष्ट्रिय बालिका दिवस(२०२३ को अवसरमा आयाजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री आचार्यले यस्तो बताउनुभएको हो । उहाँले बालिकाविरुद्धको हिंसा र बाल यौन दुव्र्यवहारविरुद्धको घटना यदाकदा अझै भइरहेको बताउनुभयो ।
मन्त्री आचार्यले समाजमा अझै बालक र बालिकाबीच विभेद गर्ने चलन रहेको भन्दै कानूनी व्यवस्था भएपनि कानूनको प्रभावकारी कार्यान्वयनको अभाव र बाल अधिकार सचेतना र ज्ञानको अभावले लिंग पहिचान गरी बालिका भए एभोर्सन गराउने गरेको घटनाहरु पनि अझै देखिने गरेको बताउनुभयो । उहाँले बाल विवाह, बालश्रम लगायतमा पनि बालिकाहरु नै बढी पर्ने गरेको भन्दै यसको रोकथाम, नियन्त्रण तथा न्युनिकरणका लागि विद्यमान कानूनी व्यवस्थाको कार्यान्वयन, योजना तथा कार्यक्रमको तर्जुमा र कार्यान्वयन, बाल अधिकार सचेतना, अभिवृद्धि गर्न जरुरी रहेको बताउनुभयो ।
बालिकामा लगानीः सुनिश्चित भविष्यको थालनी भन्ने नारासहित यस वर्ष अन्तर्राष्ट्रिय बालिका दिवस(२०२३ मनाइएको छ । बालिकाहरुको अधिकार संरक्षण र संवद्र्धन, सम्मानमा सबैले चासो दिन र गम्भीर हुन आग्रह गर्नुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?