.

रिगलको आममाफीविरुद्ध रिटको सुनुवाइ कात्तिक १४ मा

विराटनगर , २६ असोज ।नेपालगञ्जका चेतन मानन्धरको हत्या अभियोगमा जन्मकैद सजाय पाउनुभएका रिगल भनिने योगराज ढकाललाई राष्ट्रपतिले आममाफी दिएकोविरुद्ध परेको रिटमा बिहीबार सुनुवाइ हुन सकेन।


पूर्ण इजलासमा रहेका प्रधानन्यायाधीश श्रेष्ठसहित तीनैजनाले आफूरहितको पूर्ण इजलासमा पठाउन आदेश दिएपछि सुनुवाइ नभएको सर्वोच्च अदालतका प्रवक्ता भद्रकाली पोखरेलले जानकारी दिनुभयो ।


उहाँका अनुसार अर्को पेसी कात्तिक १४ गतेलाई तोकिएको छ । अब यो रिटमाथि अर्को न्यायाधीशको पूर्ण इजलासमा अन्तिम सुनुवाइ हुनेछ ।


बिहीबार बिहान सर्वोच्च अदालतको पूर्ण इजलासमा रिटको सुनुवाइ सुरू भएको थियो। पूर्ण इजलासमा प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ,न्यायाधीशद्वय डा।आनन्दमोहन भट्टराई र कुमार रेग्मी हुनुहुन्थ्यो ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया