विराटनगर ,सर्वोच्च अदालतले दशैँमा पनि बन्दी प्रत्यक्षीकरणको रिट निवेदनमा सुनुवाइ गर्ने भएको छ । सर्वोच्च अदालतले सूचना निकालेर कोजाग्रत
पूर्णिमासम्म सर्वोच्च अदालत प्रशासन बन्द भए पनि बन्दीको रिट निवेदन
सुनुवाइका लागि अदालत खुला रहने जनाएको हो। शनिवार र विजया दशमीका दिनबाहेक अरु दिनमा
बन्दीका रिट निवेदन दर्ता तथा सनुवाइ गर्न अदालत खुला रहनेछ । अदालतले ती
दिनमा न्याय सम्पादनका लागि न्यायाधीशहरुको पनि व्यवस्था गरिसकेको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?