विराटनगर , १ कार्तीक । नेकपा एकीकृत समाजवादीले कोसी प्रदेशलाई मध्यावधी निर्वाचनतिर जानबाट जोगाउन गठबन्धनका उम्मेदवार केदार कार्कीलाई मुख्यमन्त्रीमा समर्थन गरेको बताएको छ।
मुख्यमन्त्री कार्कीले प्रदेशसभामा पेश गरेको विश्वासको मतसम्बन्धी प्रस्तावमाथि छलफलमा भाग लिँदै नेकपा एसका सांसद तथा पूर्वमुख्यमन्त्री राजेन्द्र कुमार राईले कोसीलाई मध्यावधी निर्वाचनमा जान नदिन गठबन्धनका उम्मेदवार कार्कीलाई मुख्यमन्त्रीमा समर्थन गरेको दावी गरे।
कोसीलाई मध्यावधी निर्वाचनबाट जोगाउनुपर्छ भन्ने जनताको चाहनालाई मध्यनजर गर्दै हामीले गठबन्धनका उम्मेदवार कार्कीलाई मुख्यमन्त्रीमा समर्थन गरेका हौं,ुउनले भने,ुविश्वासको मत दिनेछौं।ु
उनले दुईवटा विषयमा मुख्यमन्त्री कार्कीको ध्यानाकर्ष गराए।
एमाले सांसद राईले प्रदेशको नामाकनको विषय थाति रहेको भन्दै यो विषयलाई सामान्य रुपमा लिने गल्ती नगर्न अनुरोध गरे। यस्तै राईले आफू मुख्यमन्त्री हुँदा रातो किताबमा उल्लेख भएका बहुवर्षीय योजनाहरू अघिल्लो सरकारले काटिदिएको भन्दै यसलाई गम्भीररुपमा निर्णय लिन पनि मुख्यमन्त्री कार्कीको ध्यानाकर्षण गराए।
उनले रातो किताबमा उल्लेख भएका बहुवर्षीय योजनाहरू ऐनविपरित अघिल्लो सरकारले काटिदिएको भन्दै आपत्ती जनाए।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?