विराटनगर , मन्त्रिपरिषद्को आकस्मिक बैंठक सिंहदरबारमा बसिरहेको छ । प्रधानमन्त्री पुष्पकमल दाहालले आकस्मिक रुपमा बोलाएको बैंठकमा गृहमन्त्री नारायणकाजी श्रेष्ठको स्वास्थ्य अवस्था र समसामयीक राजनीतिक परिस्थितिबारे छलफल भइरहेको बुझिएको छ ।चाडबाड नजिकिंदै गर्दाको सुरक्षा व्यवस्था र बढ्दो महंगीको बिषयमा पनि बैंठकमा छलफल भइरहेको बुझिएको छ । बजार मूल्यमा एकरुपता नहुँदा नागरिकले भोग्नु परेका समस्याका बिषयमा पनि छलफल हुने बताइएको छ ।