विराटनगर ,सरकारले आज बिहीवार राति १२
बजेदेखि संसद्को चालु अधिवेशन अन्त्य गर्ने निर्णय गरेको छ । बिहीवार
सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले यो निर्णय गरेको हो ।बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै
भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले मन्त्रिपरिषद्को
बैठकले आज राति १२ बजेदेखि चालु संसद्को अधिवेशन अन्त्य गर्ने निर्णय गरेको
बताउनु भयो । उहाँकाअनुसार सरकारले राधिका अर्याललाई प्रशासनिक र
विश्वबाबु पुडासैनीलाई प्राविधिक सचिवमा बढुवा गरेको छ ।उहाँले भन्नुभयो, ‘मन्त्रिपरिषद्को बैठकले
आज राति १२ बजेदेखि चालु संसद्को अधिवेशन अन्त्य गर्ने निर्णय गरेको छ ।
कृत्रिम अभाव सिर्जना गरी मूल्यवृद्धि गर्ने र उपभोक्ताहरुलाई सास्ती दिने
जस्ता कतिपय कुराहरु सरकारले पाएको छ । सम्बन्धित मन्त्रालयले अनुगमन गर्ने
र नागरिकलाई दुःख दिने खालको र मूल्यभन्दा बढी लिने खालको अनुगमन,
नियन्त्रण र कारबाही गर्ने निर्णय भएको छ ।’ बजारमा कृत्रिम अभाव सिर्जना गरी चिनीको
मूल्यवृद्धि गर्ने र उपभोक्ताहरुलाई सास्ती दिने काम भइरहेकोप्रति सरकारले
सम्बन्धित मन्त्रालयलाई अनुगमन, नियन्त्रण र कारबाही गर्न निर्देशन दिएको छ
।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?