.

प्रधानमन्त्री दाहालद्वारा सर्वदलीय बैठक आह्वान

विराटनगर , २१ कात्तिक ।  प्रधानमन्त्री पुष्पकमल दाहालले आज सर्वदलीय बैठक बोलाउनुभएको छ ।


मंगलवार दिउँसो २ बजे सिंहदरबारमा संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरुसँग छलफल गर्न बैठक बोलाइएको हो ।


गत शुक्रवार जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु बनाएर गएको भूकम्पले मानवीय र भौतिक रुपमा ठूलो क्षति गरेपछि प्रधानमन्त्रीले उक्त विषयमा र समसामयिक विषयमा छलफल गर्न बैठक बोलाउनुभएको जनाइएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया