विराटनगर ,चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) का तिब्बत स्वायत्त क्षेत्रका सचिव
वाङ छुङछेङ र प्रधानमन्त्री पुष्पकमल दाहालबीच भेटवार्ता भएको छ । बिहीवार प्रधानमन्त्री निवास बालुवाटारमा सचिव वाङको टोलीसंगको भेटमा
दुई देशबीचको आपसी सहकार्य र आपसी हितका बारेमा छलफल भएको जनाइएको छ ।वाङको टोली हिजोदेखि नेपाल भ्रमणमा रहेको छ । पाँच दिने नेपाल भ्रमणमा
आएको टोलीले काठमाण्डौ आइपुगेदेखि नै उच्चस्तरीय भेटघाट थाल्दै आएको छ ।वाङले भूकम्पपछिको पुनर्निर्माणमा नेपाललाई सहयोग गर्ने प्रतिबद्धता
जनाउनुभएको छ । हिजो काठमाडौं आएलगत्तै उपराष्ट्रपति रामसहाय यादवसँगको
शिष्टाचार भेटमा वाङले सहयोग प्रतिवद्धता व्यक्त गर्नुभएको हो ।वाङ भोलि पोखरा गएर त्यहाँका मुख्यमन्त्रीसँग भेट्नुका साथै चीन–नेपाल
सांस्कृतिक आदान प्रदानसम्बन्धी परियोजनाको निरीक्षण गर्ने कार्यतालिका
रहेको छ । भेटवार्ताहरु दुईपक्षीय सहयोग आदान–प्रदानका विषयमा केन्द्रित हुने बताइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?