.

गर्भवती, सुत्केरी र ज्येष्ठ नागरिकलाई राहत वितरणमा प्राथमिकता : प्रधानमन्त्री प्रचण्ड

विराटनगर ,२४ कात्तिक । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महिला, बालबालिका, ज्येष्ठ नागरिकका साथै सुत्केरी र गर्भवतीलाई राहत वितरणमा प्राथमिकता दिएको बताउनुभएको छ ।


रोल्पा जिल्ला अस्पताल र थबाङको मोटरेबल पुल उद्घाटनका लागि नेपालगञ्जबाट रोल्पा प्रस्थान गर्ने क्रममा पत्रकारसँग कुरा प्रधानमन्त्री प्रचण्डले सरकारले भूकम्पपीडितका लागि राहत वितरणमा कुनै कसर बाँकी नराखेको समेत बताउनुभयो । 


ुराहत व्यवस्थापनका लागि सरकारले पहिलो प्राथमिकतामा महिला, बालबालिका, ज्येष्ठ नागरिकका साथै सुत्केरी र गर्भवतीलाई प्राथमिकतामा राखेको छु, उहाँले भन्नुभयो, ुराहत वितरण प्राथमिकताका आधारमा भइरहेको छ ।ु

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया