विराटनगर , २५ कात्तिक । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले २०८४ को चुनावमा नागरिकको विश्वास जितेर ०६४ कै सरह सरकारको नेतृत्व गर्ने दाबी गर्नुभएको छ ।
शनिवार काठमाण्डौमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले २०६४ कै स्थितिमा फर्किन नसके पनि त्यससरह नागरिकको मन जितेर सरकारको नेतृत्व गर्नुपर्ने आवश्यकता औँल्याउनु भयो । उहाँले सरकारबाट पनि नयाँ आन्दोलनको शुरुवात गरेको र अझै नयाँ आन्दोलनको शुरुवात गर्ने बताउनु भयो ।
उहाँले प्रधानमन्त्री कहिलेसम्म रहने भन्नेकुरा मुख्य कुरा नभएको तर नागरिकको पक्षमा सुशासन, सामाजिक न्याय र समृद्धिको कुरा आफ्ना लागि मुख्य कुरा रहेको बताउनु भयो । उहाँले पछिल्लो समय अर्थतन्त्रमा केही सुधार हुँदै गएको बताउनु भयो । उहाँले राजश्व वृद्धि, पर्यटकमा वृद्धि र रेमिट्यान्स उत्साहजनक हुनुले अर्थतन्त्र सुधार भइरहेको बताउनु भयो । उहाँले विदेशी मुद्राको सञ्चितिको स्थिति उत्साहजनक रहेको बताउनु भयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?