१२ मंसिर, विराटनगर ।प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ। प्रधानमन्त्री कार्यालय सिंहदरबारमा उनीहरूबीच भेट भएको हो।
भेटमा आसन्न राष्ट्रियसभाको निर्वाचन र समसामयिक विषयमा छलफल भएको स्रोतले बताएको छ। उनीहरूबीच गणतन्त्रको विरोधमा आन्दोलनमा उत्रिएका दुर्गा प्रसाईंको गतिविधिबारे समेत छलफल भएको स्रोतको भनाइ छ।
कोप(२८ मा सहभागी हुन युएई जानुअघि प्रधानमन्त्री दाहालले ओलीसँग छलफल गरेका हुन्। कोप(२८ मा नेपालले समेट्नुपर्ने एजेण्डाका विषयमा प्रधानमन्त्री दाहालले एमाले अध्यक्ष ओलीसँग सुझाव लिएका थिए।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?