.

संघीय संसदको बजेट अधिवेशन आजदेखि सुरु हुँदै

विराटनगर , २८ बैशाख । संघीय संसदको बजेट अधिवेशन आजदेखि शुरु हुँदैछ । अधिवेशनको पहिलो बैठक आज दिउँसो दुई बजे संघीय संसद भवन नयाँबानेश्वरमा बस्नेछ ।
आज पहिलो दिनको बैठक भएकाले राष्ट्रपति कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण सम्बन्धी पत्र र प्रधानमन्त्री कार्यालयबाट प्राप्त कार्यभार थप सम्बन्धी व्यहोराको पत्र सभामुख देवराज घिमिरेले पढेर सुनाउने कार्यसूची छ । यसैगरी सभामुखले बैठकको अध्यक्षता गर्ने सदस्यहरुको मनोनयनको जानकारी पनि गराउनु हुनेछ ।

त्यसपछि अधिवेशन प्रारम्भको अवसरमा दलीय आधारमा सांसदहरुले बैठकलाई सम्बोधन गर्ने छन् । विगतमा बजेट अधिवेशनमा प्रि–बजेट छलफल हुने गरेकामा यस वर्ष बजेटका प्राथमिकता र सिद्धान्तमा हिउँदे अधिवेशनमै छलफल पुरा भइसकेको छ ।
संसदमा अवरोध नहोस भनेर सभामुख घिमिरेले संसदमा प्रतिनिधित्व गरेका प्रमुख पाँच राजनीतिक दलका शीर्ष नेतासँग गत मंगलबार बैठक गर्नुभएको थियो ।तथापी सहकारीको रकम हिनामिना प्रकरणमा मुछिएका गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय समिति गठनको माग गर्दै आएको नेपाली काँग्रेसलगायतका अन्य दलका नेताहरु आ–आफ्नै अडानमा बसेपछि बैठक निष्कर्षविहीन भएको थियो ।
गत हिउँदे अधिवेशनमा पनि प्रमुख विपक्षी दल काँग्रेसले संसदीय समिति गठनको माग गर्दै लामो समयसम्म संसद् अवरोध गरेपछि सरकारले हिउँदे अधिवेशन अन्त्य गरेको हो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया