केदार कार्कीको रिट हरिप्रसाद फुयाँलको इजलाशमा सुनुवाइ हुँदै
२८ वैशाख २०८१, शुक्रवार
0
प्रतिक्रिया
विराटनगर , २८ बैशाख ।कोशी प्रदेशका निवर्तमान मुख्यमन्त्री केदार कार्कीले नयाँ सरकार गठनको प्रक्रियाविरुद्ध दायर गरेको रिटको सर्वाेच्च अदातलतमा सुनुवाइ भइरहेको छ ।न्यायाधीश हरिप्रसाद फुयाँलको इजलासमा रिटको सुनुवाइ भइरहेको हो ।
कार्कीले आफू मुख्यमन्त्री हुँदाहुँदै प्रदेश प्रमुखले नयाँ सरकार गठनको आह्वान गरेको भन्दै त्यसलाई खारेज गरि आफ्नो पदलाई निरन्तरता दिन माग गरेका छन् ।कार्कीको वारेसमार्फत अधिवक्ता सुप्रेक्षा जोशीले बिहीबार सर्वाेच्चमा रिट निवेदन दर्ता गराएकी हुन् ।
प्रदेश प्रमुखको कार्यालय, प्रदेश प्रमुख परशुराम खापुङ, सभामुख अम्बरबहादुर विष्ट, नेकपा एमालेका प्रदेश संसदीय दलका नेता हिक्मतकुमार कार्की तथा संकल्प प्रस्तावक रेवतिरमण भन्डारी समर्थक किशोरचन्द्र दुलाल र गणेश उप्रेतीलाई रिटमा विपक्षी बनाइएको छ ।
रिट निवेदनमा कार्कीले अन्तरिम आदेशमार्फत प्रदेश प्रमुखको आह्वानलाई बदर गर्न माग गर्नुका साथै आफूलाई मुख्यमन्त्रीमा निरन्तरता दिन माग गरिएको छ । कार्कीले प्रदेश प्रमुखले गरेको नयाँ सरकार गठनको आहवान खारेजीको रिट दिएपनि नयाँ मुख्यमन्त्रीमा हिक्मतकुमार कार्कीको नियुक्तिपछि शपत र पदबहालीसमेत भइरकेको छ ।