.

विकल पौडेल थप १० दिन हिरासतमा रहने

विराटनगर , ३० वैशाख । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुरक्षण मुद्रण केन्द्रमा उपकरण खरिद गर्दा भ्रष्टाचार भएको निष्कर्षसहित मुद्दा दायर गर्ने निर्णय गरेको छ । गैरकानुनी सम्पत्ति आर्जनको मुद्दामा पक्राउ परेका सुरक्षण मुद्रण केन्द्रका तत्कालिन कार्यकारी निर्देशक विकल पौडेल थप १० दिन अख्तियारको हिरासतमा रहने भएका छन् ।

उनलाई १० दिन हिरासतमा राखेर अनुसन्धान गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतबाट अनुमति लिएको छ ।

यसअघि नै अख्तियारले उनीविरुद्ध आफ्नो ओहोदा ढाँटेर सार्वजनिक पद लिएको आरोपमा भ्रष्टाचार मुद्दा दायर गरिसकेको छ । अमेरिकाको पीआर लिइसकेपछि नेपालको सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशक बनेको आरोप उनीमाथि छ ।

अख्तियारले केहीबेरमा विशेष अदालतमा मुद्दा पेस गर्दैछ । केन्द्रका पूर्व कार्यकारी निर्देशक विकल पौडेललगायत भ्रष्टाचारमा मुछिएको अख्तियार स्रोतले बतायो ।

अख्तियारले प्रतिवादीहरूको नाम र बिगोको विवरण गोप्य राखेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया