.

गृहमन्त्री लामिछानेविरुद्धको मुद्दामा सर्वाेच्च अदालतमा सुनुवाइ जारी

विराटनगर ,७ असार ।उपप्रधान तथा गृहमन्त्री  रवि लामिछानेसमेत मुछिएको सहकारी ठगीसम्बन्धी मुद्दामा अहिले सर्वाेच्च अदालतमा सुनुवाइ भइरहेको छ।
उक्त मुद्दा न्यायाधीशद्वय सपना प्रधान मल्ल र शारंगा सुवेदीको संयुक्त इजलासमा सुनुवाइ भइरहेको हो।  
सहकारी ठगी प्रकरणमा गृहमन्त्री लामिछानेको संलग्नता देखिने गरी जाहेरी समेत परेको दाबी गर्दै अधिवक्ता अनुपम भट्टराईले सर्वाेच्चमा रिट निवेदन दर्ता गराएका थिए ।
महान्यायाधीवक्ताको कार्यालयले गृहमन्त्री लामिछानेविरुद्ध कुनै पनि जिल्लामा अनुसन्धान, अभियोगपत्र र जाहेरी नभएको भनी क्लिनचिट दिएपछि उक्त पत्र खारेजीको माग गर्दै भट्टराईले मुद्दा हालेका हुन्। पहिला दरपिठ भएको उक्त रिट पछि न्यायाधीश टेकनारायण ढुङ्गानाको आदेशमा दर्ता भएको हो ।  
बारम्बार स्थगित हुँदै आएको उक्त रिटको पछिल्लो सुनुवाइमा भने सर्वाेच्चले पोखरा र लुम्बिनीबाट रिट निवेदनहरु झिकाउन आदेश दिदएको थियो। पोखराको सूर्य दर्शन र बुटवलको सुप्रिम सहकारी ठगीबारे नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआइबीले गरेको अध्ययन प्रतिवेदन पनि सर्वाेच्च अदालत पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया