सभामुख देवराज घिमिरेले ३ वर्ष पूरा भएसँगै संविधानतः कार्यकाल समाप्त भएको उल्लेख गर्नुभएको छ ।सभामुख घिमिरेले मंगलबार एक शन्देश जारी गर्दै यस्तो बताउनुभएको हो ।
सोही कार्यकालको समाप्तिसँगै संविधानले प्रदान गरेको जिम्मेवारी निर्वाह गर्ने क्रममा सहयोग गर्ने सबैप्रति उहाँले धन्यवाद समेत दिनुभएको हो ।
उहाँले आफ्नो कार्यकालमा प्रतिनिधि सभाले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थालाई सुदृढ बनाउने तथा संविधान कार्यान्वयनका लागि कानून निर्माण र नीतिगत बहस तथा कार्यपालिकामाथि प्रभावकारी निगरानीमार्फत महत्त्वपूर्ण भूमिका निर्वाह गरेको दावी गर्नुभएको छ ।
सभामुख घिमिरेले संसदीय समितिहरूले विधेयक परीक्षण, सरकारी कार्यसम्पादनको अनुगमन तथा सरोकारवालासँगको अन्तरक्रियामार्फत जिम्मेवारीपूर्वक कार्यसम्पादन गरेप्रति प्रशंसा गर्नुभयो ।