.

सहिदकै कारण देश परिवर्तनको ऐतिहासिक मोडमा उभिन सफल भएको ः प्रधानमन्त्री कार्की को भनाई

प्रधानमन्त्री सुशीला कार्कीले सहिदहरूको अदम्य साहस, चेतना र सङ्कल्पका कारण नै आज मुलुक परिवर्तनको ऐतिहासिक मोडमा उभिन सफल भएको बताएकी छन् । सहिद दिवसका अवसरमा आज एक शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री कार्कीले नागरिक स्वतन्त्रता र लोकतन्त्रको प्राप्तिका लागि आफ्नो अमूल्य जीवन अर्पण गर्ने सम्पूर्ण सहिदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गरेकी छन् ।

आफ्नो सन्देशमा प्रधानमन्त्रीले सहिदहरूको बलिदानले नै वर्तमान व्यवस्था सम्भव भएको उल्लेख गर्दै भनेकी छन्, “उहाँहरूको साहस र सङ्कल्पकै जगमा आज देशले नयाँ दिशा लिएको छ । अबका दिनमा कुनै पनि आमाको काख फेरि रित्तिन नपरोस् भन्नेमा सरकार सचेत छ ।”

प्रधानमन्त्री कार्कीले न्याय, समानता र उत्तरदायी शासनको माग गर्दै उज्यालो भविष्यको खोजीमा भएको जेनजी ९न्भल श्० आन्दोलनका क्रममा सहादत प्राप्त गर्ने वीर योद्धाहरूलाई समेत विशेष सम्मानका साथ नमन गरेकी छन् । उनले ती युवाहरूको सपना पूरा गर्नु राज्यको दायित्व भएको उल्लेख गरिन् ।यसैगरी, प्रधानमन्त्रीले शासकीय मूल्य, नैतिकता र नागरिकको आत्मसम्मानमा आधारित राज्य निर्माण गर्नु नै सहिदप्रतिको सच्चा सम्मान हुने बताएकी छन् । 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया