प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना जारी छ । मतगणना जारी रहदा राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०ले एक सय सिट जितेको छ । मतगणनाको सुरुवातीचरणदेखि नै अग्रता कायम गरेको रास्वपाले १२९ क्षेत्रको नजिता सार्वजनिक हुँदा रास्वपाले १०० सिटमा जितेको हो ।
कांग्रेसले १४ सिट जितेको छ । एमालेले ७, नेपाली कम्युनिस्ट पार्टी नेकपा ले ६, राप्रपाले १ र स्वतन्त्रले १ सिट जितेका छन् ।
खोटाङमा श्रम संस्कृति पार्टीका उम्मेदवार विजयी भएका छन् । हर्क साम्पाङ ९हर्कराज राई० नेतृत्वको पार्टीबाट उमेदवार बनेका आरेन राई निर्वाचित भएर श्रम संस्कृतिको खाता खोलेका हुन् ।
उनी १६ हजार ६१२ मत ल्याएर निर्वाचित हुँदा प्रतिस्पर्धी नेकपा ९एमाले०का देवविक्रम राई १२ हजार ७१४ मतमा सीमित भए । कांग्रेसका वीरकाजी राई ११ हजार ९५७ मत पाएर तेस्रो भए ।
इलामको प्रतिनिधिसभा क्षेत्र नम्बर २ मा एमाले उम्मेदवार सुहाङ नेम्बाङ विजयी भएका छन् ।
उनले २२ हजार ४२६ मत पाएका छन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका भेषराज आचायले १४ हजार ६५० मत प्राप्त गरे ।
श्रम सँस्कृति पार्टीका सुदीप राईले १४ हजार ४०० पाउँदा राष्ट्रिय स्वतन्त्र पार्टीका गोकुलबहादुर राई ७ हजार ८१४ प्राप्त गरे । नेपाली कम्युनिस्ट पार्टीका ओमबहादुर गुरुङ ११७२ मत पाए ।
पाँचथरबाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेस उम्मेदवार नरेन्द्रकुमार केरुङ विजयी भएका छन् । १७ हजार २ सय ३३ मत सहित केरुङ विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी श्रम संस्कृति पार्टीका उम्मेदवार हस्तराज शेर्माले १४ हजार ७ सय २४ मत प्राप्त गरे ।
नेकपा ९एमाले० का अइन्द्रसुन्दर नेम्बाङले १४ हजार ५ सय ३४ र नेपाली कम्युनिष्ट पार्टीका हर्कबहादुर नेम्बाङले ११ हजार ४ सय ४३ मत प्राप्त गरेका थिए ।धनकुटाबाट एमाले उम्मेदवार राजेन्द्र राई प्रतिनिधिसभा सदस्य निर्वाचित भएका छन् ।
धनकुटाबाट यो उनको ह्याट्रिक जित हो । उनी २०७९ सालको निर्वाचन जितेपछि दुईपटक मन्त्री समेत भए । एमालेबाट निर्वाचित राईले १८१३२ मत प्राप्त गरे । कांग्रेसका दिनेश राईले १४२५७, श्रम संस्कृति पार्टीका सानबहादुर राईले ११९३२, राष्ट्रिय स्वतन्त्र पार्टीका दिनेश भण्डारीले ९९४४ र नेपाली कम्युनिस्ट पार्टीका धर्मराज पौडेलले १६६५ मत प्राप्त गरे ।