यहि फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा झापामा ६४ दशमलव ११ प्रतिशत मतदान भएको छ ।
कूल ७ लाख १३ हजार ५ सय ३७ मतदातामध्ये ४ लाख ५७ हजार ४ सय ३५ जनाले मतदान गरेका थिए । तीमध्ये १८ हजार ६ सय १३ मत बदर भएको जिल्ला निर्वाचन कार्यालय झापाले जनाएको छ । कार्यालय झापाका प्रमुख तुलसी कुमार नेपालका अनुसार पाँच वटै निर्वाचन क्षेत्रमा बदर मतको संख्या उल्लेख्य देखिएको छ ।
विशेषगरी झापा –३ मा सबै भन्दा बढी ५ हजार ६ सय २९ मत बदर भएको छ । त्यसैगरी झापा– १ मा ४ हजार २ सय ९६, झापा– २ मा ४ हजार ४ सय ६९, झापा ४ मा ४ हजार ७ सय ६८ र झापा– ५ मा ४ हजार २ सय १९ मत बदर भएको कार्यालयले जनाएको छ । बदर मतको यो संख्या हेर्दा मतदातामा मतपत्र प्रयोग सम्बन्धी अन्योल अझै कायम रहेको देखिएको हो ।
यता झापा–५ मा भने सबै भन्दा बढी मतदाताले मतदानमा सहभागिता जनाएका छन् । १ लाख ६३ हजार ३७९ मतदाता रहेको उक्त क्षेत्रमा १ लाख २ हजार ३ सय ३८ मत सदर भएको छ । झापा–५ लाई देशकै सबैभन्दा बढी राजनीतिक चासोको क्षेत्रका रूपमा पनि हेरिएको थियो । निर्वाचनमा झापाबाट प्रतिनिधिसभा सदस्य पदका लागि ९० जनाले उम्मेदवारी दिएका थिए । तीमध्ये सात जनाले मात्र जमानत जोगाएका छन् । ७८ जनाको जमानत जफत भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको