.

कैलाली प्रशासन अगाडि सुरक्षा व्यवस्था कडा, एमालेले आज ज्ञापनपत्र बुझाउँदै

जिल्ला प्रशासन कार्यालय कैलालीको सुरक्षा व्यवस्था आज बिहानैदेखि कडा पारिएको छ । नेकपा (एमाले) ले आफ्ना अध्यक्ष पक्राउको विरोधमा विरोध प्रदर्शन गर्दै ज्ञापनपत्र बुझाउने कार्यक्रम तय गरेपछि प्रशासन कार्यालय अगाडि ठूलो सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गरिएको हो । जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै सुरक्षाकर्मी तैनाथ गरिएको र शान्ति सुरक्षा कायम राख्न आवश्यक सतर्कता अपनाइएको छ ।

एमालेले काठमाडौँ जिल्ला प्रशासन कार्यालयमा विरोधपत्र बुझाएको छ ।  शनिबार बसेको आकस्मिक सचिवालय बैठकको निर्णयबमोजिम पार्टीले आज विरोधपत्र बुझाएको हो । 

ओली पक्राउपछिको अवस्थाबारे संसदमा रहेका दलहरूसँगको संवादपछि सामूहिक प्रतिवादको संयोजन गर्न नेताहरू विष्णु पौडेल, रामबहादुर थापा, गोकर्ण विष्टलगायतलाई पार्टीले जिम्मेबारी दिइसकेको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया