.

ओलीलाई हाजिर जमानीमा छाड्न जिकिर

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको बन्दी प्रत्यक्षीकरणको निवेदनमा सर्वाेच्च अदालतमा सुनुवाइ भइरहेको छ। न्यायाधीश मेघराज पोखरेलको इजलासमा यो मुद्दाको बहस जारी छ।

बहसका क्रममा ओलीका तर्फबाट पूर्वमहान्यायाधिवक्ता तथा वरिष्ठ अधिवक्ता रमेश बडालले ओलीलाई हाजिर जमानीमा छाड्नुपर्ने जिकिर गरेका छन्। उनले बन्दीप्रत्यक्षीकरण नियमावलीको ३५ ‘क’ अनुसार अनुसन्धानमा सहयोग गर्ने सर्तमा ओलीलाई छाड्न र विपक्षीसँग २४ घण्टाभित्र लिखित जवाफ माग्नुपर्ने माग गरेका हुन्।

भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा भएको दमनमा जिम्मेवार ठहर गर्दै घटना जाँचबुझ आयोगले ओलीविरुद्ध मुद्दा चलाउन सिफारिस गरेको थियो। सोही प्रतिवेदनको आधारमा वर्तमान सरकारले तत्कालीन प्रधानमन्त्री ओलीलाई शनिबार पक्राउ गरेको थियो। ओलीका तर्फबाट उनकी श्रीमती राधिका शाक्यले गैरकानुनी रूपमा थुनामा राखिएको भन्दै आइतबार सर्वाेच्चमा बन्दी प्रत्यक्षीकरण रिट दर्ता गराएकी थिइन्। रिटमा ओलीलाई तत्काल रिहा गर्न माग गरिएको छ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया