.

विषय विज्ञताका आधारमा सांसदलाई पनि मन्त्रालयमा खटाउने रास्वपाको तयारी

राष्ट्रिय स्वतन्त्र पार्टीले सांसदलाई मन्त्रालयमा खटाउने तयारी गरिरहेको छ, तर अहिलेसम्म खटाएको छैन।

    रास्वपाका प्रवक्ता मनिष झाले सांसदलाई क्षमता अभिवृद्धिका लागि मन्त्रालयमा खटाउन लागेको बताए।

    प्रधानमन्त्री बालेन्द्र शाहले सबै दलका सांसदसँग सिंहदरबारमा छलफल थालेका छन्।


१६ चैत, काठमडौं । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०ले आफ्ना सांसदलाई मन्त्रालयमा खटाउने भएको छ । विषय विज्ञ सांसदलाई सम्बन्धित मन्त्रालयमा खटाउन लागेको हो ।


‘तयारी भइरहेको हो, खटाइसकेको छैन । गृहकार्य गर्दै छौं,’ रास्वपाका प्रवक्ता मनिष झाले भने ।


सांसद भनेको भविष्यको सम्भावित मन्त्रीसमेत रहेको बताउँदै क्षमता अभिवृद्धिका लागि पनि सहयोग पुग्ने भएकाले मन्त्रालयमा सांसदलाई खटाउन लागेको रास्वपाले जनाएको छ । ‘सांसद भनेको भविष्यको मन्त्रीसमेत हो । उसको लागि ट्रेनिङ पनि हुन्छ,’ झाले भने ।


कतिपय सांसदले भने आफ्नो विज्ञता भएको मन्त्रालयमा गएर मन्त्रीको कामलाई सहजीकरण र सहयोग गरिरहेका छन् ।


जनभावना अनुसार छिटो छरितो काम गर्नका लागि सांसदले मन्त्रीलाई सहयोग गर्न यो अवधारण अघि सारेको रास्वपाको भनाइ छ ।


प्रवक्ता झाका अनुसार, सांसदका साथै पार्टीको केन्द्रीय विभागका सदस्यहरूलाई पनि खटाउने भएका छ । २१ फागुनमा भएको चुनावमा रास्वपाले झण्डै दुई तिहाइ नजिकको मत ल्याएर सरकार बनाएको हो । गत १३ चैतमा पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह ९बालेन० को नेतृत्वमा सरकार बनेको थियो ।


प्रधानमन्त्री शाहले पनि सबै दलका सांसदहरूलाई सिंहदरबार बोलाएर छलफल थालेका छन् ।


हिजो मन्त्रीहरूसँग छलफल गरेका प्रधानमन्त्री शाहले आज प्रदेशगत रुपमा सांसदहरूसँग छुट्टाछुट्टै छलफल अघि बढाएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया