विराटनगर । गत आर्थिक वर्ष २०८१–८२ मा झापामा करेन्ट लागेर १५ जनाको ज्यान गएको छ ।
झापा जिल्लामा साउनको १ महिनामा मात्रै करेन्ट लागेर ५ जनाको मृत्यु भएको हो । यसरी मृत्यु हुनेहरु ग्रामीण क्षेत्रका किसानहरु छन् ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी खगेन्द्रबहादुर खड्काका अनुसार पछिल्लो चार महिनामा मात्रै झापामा करेन्ट लागेर १० जनाको मृत्यु भएको छ ।
करेन्ट लागेर हुने अधिकांश मृत्युको घटना मोटरबाट पानी तान्ने, खोलामा करेन्ट लगाएर माछा मार्ने र कुटी काट्ने क्रममा भएको पाइएको उहाँले बताउनु भयो ।
उहाँका अनुसार अधिकांश मानिसमा विद्युतीय मोटर कसरी चलाउने भन्ने राम्रो ज्ञान नहुँदा करेन्ट लागेर मृत्यु हुने घटना बढ्दो छ ।