.

मापदण्ड अनुसार सञ्चालन नभएका इलामका मेडिकलमा ताला

विराटनगर, ९ साउन ।  इलाममा मापदण्ड अनुसार सञ्चालन नभएका मेडिकलमा तालाबन्दी गरीएको छ ।

मंगलबार इलाम बजारका २ वटा मेडिकल र १ वटा डेन्टल क्लिनीकमा ताला लगाइएको छ । इलाम सदरमुकामस्थित दुुर्गा मेडिकलमा फर हस्पिटल सप्लाई वन्ली लेखेको औषधी अनुगमन टोलीले फेला पारेको हो ।

जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा भएको अनुगमनले बजारका विभिन्न मेडिकलको अनुगमन गरेको थियो । दुर्गा मेडिकल एउटाका नाममा दर्ता रहेको र अर्कैले चलाएको समेत पाइएको अनुगमन टोलिले जनाएको छ ।

दुुर्गा मेडिकलमा अनुुगमन थालिएपछि हस्पिटल नजिकै रहेको अर्को मेडिकल पनि वन्द गरीएको थियो । टोलीले मापदण्ड अनुसार सञ्चालन नभएको भन्दै हिमाल डेन्टललाई पनि बन्द गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया