.

ल्यापटप वितरण गर्नका लागि गरेको टेण्डर प्रक्रिया रद्ध गर्न नेकपा एमालेको माग

विराटनगर, ८ जेठ । कोशी प्रदेशको प्रदेशसभा सचिवालयले सांसदहरुलाई ल्यापटप वितरण गर्नका लागि गरेको टेण्डर प्रक्रिया रद्ध गर्न नेकपा एमाले संसदीय दलले पत्राचार गरेको छ ।

आज संसदीय दलको कार्यालयमा पत्रकारहरुसँग भेटघाट गर्दै एमाले संसदीय दलका प्रमुख सचेतक रेवतीरमण भण्डारीले प्रदेशसभाले सांसदहरुका लागि अघि बढाएको ल्यापटप खरिद प्रक्रिया रोक्न माग गरेको जानकारी दिनुभयो ।  अघिल्लो वर्षको बजेट र कार्यक्रमको आधारमा सचिवालयले ल्यापटप खरिद गर्ने प्रक्रिया सुरु गरेको उहाँको भनाइ छ । प्रदेशसभामा रहेका सबै सांसदहरुसँग स्वकीय सचिव रहेका कारण उनीहरु मार्फतबाट प्राविधिकको काम गर्न सकिने भण्डारीले बताउनुभयो ।

प्रदेशसभा सचिवालयले प्रदेशसभाका ९३ सांसद र ७ वटा संसदीय समितिका सचिवका लागि भन्दै एक सय वटा ल्यापटप खरिद गर्न टेन्डर आह्वान गरेको थियो । प्रदेश सरकारले रकामान्तर गरेर प्रदेशसभा सचिवालयलाई एक करोड ५० लाख रुपैयाँ बजेट उपलब्ध गराएपछि प्रदेशसभा सचिवालयले ल्यापटप खरिद प्रकिया अगाडि बढाएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया